कैलाली झडपः इन्सपेक्टर र असई घाइते, सेती अस्पतालमा उपचार हुँदै
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबिच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन् ।
मंगलबार साँझ भएको उक्त घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। कैलालीका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई दिएको जानकारी अनुसार धनगढी–१३ मा दुई समुहबिच आपसी झगडा भएको थियो । प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपमा केही अन्य व्यक्तिहरू पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको छ ।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ । झडपको कारणबारे पूर्ण जानकारी आउन बाँकी छ ।
हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण