धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर
सारांश
- चौदण्डीगढी नगरपालिका-२ लाटीखोलाको सडकमा फेला परेको शंकास्पद वस्तु नष्ट गरियो।
- सुरक्षाकर्मीले विस्फोटक पदार्थ जस्तो देखिएको वस्तुलाई नियन्त्रणमा लिएर नष्ट गरे।
- प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार त्यो वस्तु विस्फोटक पदार्थ थिएन।
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रूप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबिच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते हुनुभएको उनले बताए । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पुर्याएका छन् ।
दुई टोलका युवाबिच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्र रूप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण