कास्की-१ मा रास्वपाका गनेस पौडेल विजयी
पोखरा । कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल (गनेस) विजयी भएका छन् । उनी २१ हजार २ सय ९४ मतान्तरले विजयी भए ।
पौडेलले ३० हजार ४ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक रानाभाटले ९ हजार १ सय ८७ मत ल्याए । तेस्रो भएको नेकपा एमालेका बैनबहादुर अधिकारीले ८ हजार ७ सय ६१ मत पाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङ करणले १ हजार ९ सय ९२ मत प्राप्त गरे । हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट उम्मेद्वारी दिएका विलबहादुर लामाले ९ सय ५८ मत ल्याउँदा राप्रपाका बाबुराम थापाले ७ सय २७ मत ल्याए ।
उज्यालो नेपाल पार्टीकी मनिषा द्धाले ५ सय ६१ मत ल्याउने बाहेक बाँकी उम्मेद्वारले १ सय मत पनि कटाएनन् । विजयी भएका पौडेल साहित्यमा प्रख्यात छन् । उनी यसअघि अटेरी अभियान मार्फत पोखरा महानगरपालिकाको मेयर चुनाव लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण