अन्तिम परिणाम
पर्सा–२ मा रास्वपाका कानु विजयी
शनिबार, २३ फागुन २०८२, ११ : ४९
वीरगन्ज । पर्सा क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन् । रास्वपा उम्मेदवार कानुले कांग्रेसका अजय चौरसियालाई १८ हजार ८ सय ५० मतले पछाडि पार्दै विजयी भएका हुन् ।
कानुले कुल ३० हजार ७ सय ४० मत प्राप्त गरेको क्षेत्र २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटम प्रतिद्वन्द्वी चौरसियाले भने ११ हजार ८ सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी एमालेकी रिमा कुमारी यादवले भने ११ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् । प्रतिनिधि सभाका सदस्यमा निर्वाचित कानुको राजनीतिक यात्रा वडाध्यक्षबाट सुरु भएको हो ।
उनी यसअघिका स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । पर्सा क्षेत्र २ मा रहेको ९५ हजार १ सय २० मतदाता ६५ हजार ८सय ७८ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण