अदालत
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बुधबार, १० असार २०८३, १६ : ०७
सारांश
- पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ ।
- विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले बिना प्रमाण पक्राउ गरिएको भन्दै थुनामुक्तको माग गर्दै रिट दर्ता गरेकी हुन् ।
- सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरी हिरासतमा रहेका पौडेलको विशेष अदालतबाट सात दिनको थुना म्याद थप भएको थियो ।
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
विष्णु पौडेलको हकमा पत्नी दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न माग गरिएको छ। बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ ।
डेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई विशेष अदालतबाट मङ्गलबार सात दिनको थुना म्याद थप भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण