अपडेट
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
सोमबार, ०२ चैत २०८२, १४ : २८
सारांश
- सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएका वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
- मुख्यमन्त्रीका स्वकीय सचिवको उजुरीपछि भट्टलाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको हो।
- स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो र थप अनुसन्धान भइरहेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा लिएको हो।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
मुख्यमन्त्रीमाथि लगाएको आरोपका सम्बन्धमा मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण