बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

सोमबार, ०२ चैत २०८२, २१ : ०३
सोमबार, ०२ चैत २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।

ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उहाँले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताए।

उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए । उनले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनसक्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप