सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा पदाधिकारी नियुक्त गरेको छ ।
- सेती प्रादेशिक अस्पतालमा बलराम जैशी भट्ट अध्यक्ष र अन्य सदस्यहरू नियुक्त भएका छन् ।
- डडेल्धुरा र कैलालीका अस्पतालहरूमा पनि नयाँ व्यवस्थापन समितिहरू गठन गरिएका छन्।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी नियुक्त परेको छ ।
मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिए ।
समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त भएका छन् । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उनले बताए ।
यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त भएका छन् ।
यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त भएका छन् । समितिको सदस्यमा शशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमालय स्वाँर नियुक्त भएका छन् ।
मन्त्रालयका सचिव रेग्मीका अनुसार यी अस्पतालमा करिब एक वर्षदेखि व्यवस्थापन समितिका पद रिक्त रहेका थिए । सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन गठन आदेशअनुसार मन्त्रिस्तरीय निर्णयबाट समितिका पदाधिकारी नियुक्त गरिएका हुन् ।
अब प्रदेशका विभिन्न छ जिल्ला अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण