रास्वपाका नवनिर्वाचित सांसद कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर
मङ्गलबार, ०३ चैत २०८२, १८ : ५९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र कार्कीलाई सांसदको शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ।
- एमालेका प्रभातकुमार कटवाल क्षेत्रीले कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति भएकोले उम्मेदवार हुन नपाउने जिकिर गरेका छन्।
- सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित कार्की र कटवालबीचको प्रतिस्पर्धामा कार्की विजयी भएका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रभातकुमार कटवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन् ।
उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।
सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण