बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

बिहीबार, ०५ चैत २०८२, १३ : ५९
बिहीबार, ०५ चैत २०८२

काठमाडौँ । देशका विभिन्न पाँच स्थानमा बुधबार र बिहीबार गरी पाँच जना पुरुष मृत अवस्थामा फेला परेका छन्। 

प्रहरीले दिएको जानकारी अनुसार धनुषा, ओखलढुङ्गा, उदयपुर, संखुवासभा र तनहुँमा शव फेला परेका हुन्।

  • धनुषा: क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय वृद्ध पुरुषको शव बुधबार फेला परेको छ।
  • ओखलढुङ्गा: चम्पादेवी गाउँपालिका-१ स्थित सुनकोशी नदीमा रामेछाप नगरपालिका-५ का ५५ वर्षीय मंगल बहादुर माझी मृत अवस्थामा फेला परेका छन्।
  • उदयपुर: बेलका नगरपालिका-२ चन्द्रपुरस्थित सडक किनारामा सोही नगरपालिका-२ झण्डी टोलका ३६ वर्षीय जनक राई गए राति मृत फेला परेका हुन्।
  • संखुवासभा: खाँदबारी नगरपालिका-१ स्थित बसपार्कमा सोही ठाउँका ३० वर्षीय सुशिल मंग्रान्ती बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्।
  • तनहुँ: देवघाट गाउँपालिका-५ स्थित जरायो खोलामा सोही गाउँपालिकाका ५४ वर्षीय युवराज गुरूङ बुधबार मृत फेला परेका छन्।

यी घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप