बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना

बुधबार, १० असार २०८३, १७ : ३५
बुधबार, १० असार २०८३

सारांश

  • बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने काठमाडौँ र ललितपुरका विभिन्न व्यवसायलाई कारबाही गरेको छ।
  • त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल (केशर क्याफे) लाई एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको अभियोगमा २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
  • खरिद बिल नराखी व्यवसाय सञ्चालन गर्ने केएबि स्टोरलाई १० हजार र मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने १६ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने काठमाडौँ र ललितपुरका विभिन्न व्यवसायलाई कारबाही गरेको छ।

विभागले बुधबार १९ वटा फर्मको अनुगमन गर्दा ३ वटालाई नगद जरिवाना र १६ वटालाई सामान्य निर्देशन दिएको हो।

अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–२६, त्रिदेवी मार्गस्थित बसेरा बुटिक होटल प्रालिलाई (केशर क्याफे) लाई भएको छ।विभागका अनुसार उक्त क्याफेले एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) विपरीत ’अनुचित व्यापारिक क्रियाकलाप’ गरेको पाइएपछि रु. २ लाख जरिवाना गरिएको हो।

त्यसैगरी, कानुनबमोजिम खरिद बिल नराखी व्यवसाय सञ्चालन गर्ने अन्य दुई पसल पनि जरिवानामा परेका छन्। काठमाडौँको पुरानो बानेश्वरस्थित केएबि स्टोरलाई  १० हजार र ललितपुरको पुल्चोकस्थित मर्मेडलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रहेका अन्य १६ वटा पसल तथा फर्महरूलाई भने सुधारका लागि ’सामान्य निर्देशन’ दिएको छ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप