नमोबुद्धले ल्यायो ९१ करोड ३६ लाखको बजेट
बुधबार, १० असार २०८३, १७ : ३२
सारांश
- नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
- नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
- कुल बजेटमध्ये चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ र पुँजीगततर्फ ७१ करोड ७ लाख ९९ हजार रुपैयाँ छुट्याइएको छ।
काभ्रे । नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
बुधबार नगरसभाको नवौँ अधिवेशनको बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ ९ करोड २४ लाख ५६ हजार रुपैयाँ सङ्कलन हुने अनुमान गरेको छ भने सङ्घीय र बागमती प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र अन्य आयलाई समेटिएको उनले बताए।
विनियोजित कुल बजेटमध्ये चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ छुट्ट्याइएको छ पुँजीगततर्फ ७१ करोड ७ लाख ९९ हजार १ सय ८० रुपैयाँ छुट्याइएको छ । विभिन्न निकायहरूसँगको लागत साझेदारीका लागि ९ करोड १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण