बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा

बिहीबार, ०५ चैत २०८२, १४ : ३५
बिहीबार, ०५ चैत २०८२

सारांश

  • सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ।
  • संघीय संसद् सचिवालयको आयोजनामा बैठक भएको हो जसमा पाँच दलका प्रतिनिधि सहभागी छन्।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने बैठकमा सहभागी छैनन्।

काठमाडौँ । सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालयको आयोजनामा बैठक सुरु भएको हो ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन्। 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल र नेकपाका रमेश मल्ल लगायत नेताहरू सहभागी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप