‘लम्कीचुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा’
बिहीबार, ०५ चैत २०८२, १९ : ४१
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् ।
लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया चाँडै अघि बढाइने बताए । उनले प्रक्रियागत ढङ्गबाट सबै काम अगाडि बढिरहेको उल्लेख गर्दै अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे।
स्वास्थ्य चौकीबाट स्तरोन्नति गरिएको सो अस्पताल हाल ५० शैय्याको बनाइएको छ । दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याएर अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने मुख्यमन्त्री शाहले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण