दावा लामाको उम्मेदवारी तत्काल कार्यान्वयन नगर्न अदालतकाे अन्तरिम आदेश
सारांश
- उच्च अदालत पाटनले एन्फाको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्यो।
- अदालतले लामा विगतमा लागुऔषध मुद्दामा दोषी ठहर भएको भन्दै उम्मेदवारी कायम रहने वा नरहने विषयमा छलफल गर्ने जनाएको छ।
- अदालतले चैत १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ, र विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यकारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी तत्कालका लागि कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले लामाको उम्मेदवारीलाई स्थगन गर्ने गरी यस्तो आदेश दिएको हो । दीपक खतिवडाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षी दावा लामा विगतमा लागुऔषध मुद्दामा दोषी ठहर भएको देखिएकाले उम्मेदवारी कायम रहने वा नरहने विषयमा छलफल आवश्यक रहेको ठहर गरेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘विपक्षी मध्येका दावा लामालाई यस अदालतको मिति २०६४–२–२० गते भएको फैसलाले लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहरी फैसला भएको देखिँदा, निजको उम्मेदवारी कायम रहने वा नरहने सम्बन्धमा विपक्षीहरूलाई समेत राखी छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त देखिन्छ ।’
अदालतले आगामी चैत १० गते दुवै पक्षलाई अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि बोलाएको छ । सो अवधिसम्मका लागि लामाको उम्मेदवारी स्थगन गर्ने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।
यस्तै, अदालतले विपक्षी नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र एन्फा लगायतका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत आदेश दिएको छ ।
यो आदेशसँगै एन्फाको चुनावी प्रक्रियामा नयाँ मोड आएको छ । लागुऔषध जस्तो गम्भीर फौजदारी मुद्दामा सजाय पाइसकेका व्यक्ति खेलकुद जस्तो गरिमामय क्षेत्रको नेतृत्वदायी पदमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने कानुनी प्रश्न अब अदालतमा विचाराधीन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण