बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माण्डवीको नयाँ गीत ‘यो केटा’मा आस्विनीको अभिनय

आइतबार, ०८ चैत २०८२, १२ : ०७
आइतबार, ०८ चैत २०८२

काठमाडौं । नेपाली सुगम संगीतकी चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ‘यो केटा’ सार्वजनिक भएको छ । गीत गायनमा माण्डवीलाई गायक होमन रेग्मीले साथ दिएका छन् ।

नीतु रेग्मीको प्रस्तुतिमा बजारमा आएको यस गीतमा विपिन आचार्यको शब्द र संगीत छ। गीतको भिडियोमा गायक रेग्मी र आस्विनी शाहीको अभिनय छ ।

भिडियोको निर्देशन पनि विपिन आचार्यले नै गरेका हुन् । रवि कार्कीको कोरियोग्राफी रहेको भिडियोमा प्रेम र आकर्षण कथा बनाइएको छ । दिपेन बस्न्यातको छायांकन र सम्पादन भिडियोमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप