बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गौरीबहादुर कार्की ब्यारेकमा जान मानेनन्, घरमै सुरक्षा दिने निर्णय

शनिबार, १४ चैत २०८२, २१ : ३९
शनिबार, १४ चैत २०८२

काठमाडौँ। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्च स्तरीय जाँचबुझ आयोगका अध्यक्ष गैरीबहादुर कार्कीमाथी सुरक्षा थ्रेट बढेको निष्कर्ष सहित उनको निवासमा सुरक्षा बढाइएको छ ।

अज्ञात व्यक्तिहरुले धम्कि दिएपछि उनलाई सैनिक अथवा सशस्त्रको ब्यारेकमा सार्ने विकल्पमा उच्च तहमा छलफल भएको थियो । तर, कार्कीले निवासबाट बाहिर जान नमानेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  

भक्तपुरको गुण्डु स्थित कार्कीको निवासमा सुरक्षा सतर्कता बढाइएको छ । निवासको सुरक्षामा प्रहरी र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले जानकारी दिए । 

कार्की नेतृत्वको आयोगको सिफारिसको आधारमा शनिवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप