कोहली र पडिक्कलको अर्धशतकमा सनराइजर्समाथि आरसीबीको सानदार जित
सारांश
- शनिबारको आईपीएल खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्यो।
- विराट कोहली र देवदत्त पडिक्कलको उत्कृष्ट ब्याटिङले आरसीबीले २०२ रनको लक्ष्य सहजै पार गर्यो।
- हैदराबादका लागि इशान किशनले ८० रन बनाए भने आरसीबीका लागि जेकब डफी र रोमारियो शेफर्डले ३-३ विकेट लिए।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । विराट कोहली र देवदत्त पडिक्कलको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले आरसीबीले २०२ रनको विशाल लक्ष्य २६ बल बाँकी छँदै सहजै पूरा गर्यो ।
पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । हैदराबादका लागि इशान किशनले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले ४३ तथा हेनरिक क्लासेनले ३१ रनको योगदान दिए । आरसीबीका लागि बलिङतर्फ जेकब डफी र रोमारियो शेफर्डले समान ३–३ विकेट लिए ।
२०२ रनको विजयी लक्ष्य पछ्याएको आरसीबीले १५।४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनायो । आरसीबीको जितमा कप्तान विराट कोहलीले अविजित रहँदै ६९ रनको महत्त्वपूर्ण पारी खेले भने देवदत्त पडिक्कलले आक्रामक शैलीमा ६१ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण