सेयर बजार आज पनि पहिरो, परिसूचक ४८ अंकले घट्दा १३ अर्ब कारोबार
सारांश
- साताको दोस्रो दिन नेपाली सेयर बजारमा गिरावट आयो, नेप्से परिसूचक ४७.७१ अंकले घट्यो।
- आज २३७ कम्पनीको सेयर मूल्य घट्यो भने २६ को मात्र बढ्यो, कारोबार १२ अर्ब ९६ करोड रुपैयाँ बराबर भयो।
- राजनीतिक अन्योल र सम्पत्ति शुद्धीकरण छानबिनले बजारमा नकारात्मक प्रभाव पारेको देखिन्छ।
काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाली सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा ओर्लिएको छ।
आज दिनभर कुल ३४१ वटा कम्पनीका ३ करोड १६ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भए हुँदा १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल २३७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने जम्मा २६ कम्पनीको मूल्य मात्र बढेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर छ ।
बजार ओरालो लागे पनि चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। यस्तै सुपर खुदी हाइड्रोपावरको मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै गुमाउनेमा सोलु हाइड्रोपावर रहेको छ, जसको मूल्य ७.७९ प्रतिशतले घटेको छ। त्यसैगरी युनिक नेपाल लघुवित्तको मूल्य ७.२३ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख र शिवम सिमेन्टको ४३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
राजनीतिक वृत्तमा देखिएको अन्यौलता र सम्पत्ति शुद्धीकरण र छानबिनमा सरकारको अग्रसरतापछि बजारले नकारात्मक बाटो समातेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण