सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिबाटै कर्मचारीमाथि दुर्व्यवहार
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा गाउँपालिकाको शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि गालीगलौजसहित हातपातको प्रयास भएको घटना सार्वजनिक भएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद चर्किँदा वडा नं। १ का अध्यक्ष रामेश्वर प्रसाद महतोसहितको टोलीले बस्नेतमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको हो ।
सोमबार किसनपुर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनका लागि भेला बोलाइएको थियो। तर, वडा अध्यक्षको अनुकूलता अनुसार समिति गठन नभएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
स्थानीयका अनुसार वडा अध्यक्ष महतोसहित उनका सहयोगीहरू'राम साह हलुवाई, भरत गुप्ता, दरोगा पासवान र किशोरी राय'ले शिक्षा शाखा प्रमुखमाथि गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए । घटनापछि कर्मचारीलाई गाउँबाटै लखेटिएको स्थानीय सुनिल महतोले बताए ।
अर्का स्थानीय रमेश यादवका अनुसार विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको थियो र सोही प्रक्रियाअनुसार रामपुकार महतो चयन भएका थिए । तर, वडा अध्यक्षले असन्तुष्टि जनाउँदै निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
यति मात्र नभई, अध्यक्ष महतोले निर्णयसम्बन्धी माइन्युट बुकसमेत खोसेर च्यातेका आरोप छ । स्थानीयले जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु लोकतन्त्रको उपहास भएको बताएका छन् । “नियमअनुसार भएको निर्णयलाई व्यक्तिगत स्वार्थका आधारमा अवरोध गर्नु कत्तिको न्यायसंगत हो?” भन्ने प्रश्न समेत उनीहरूले उठाएका छन् ।
घटनाले स्थानीय तहमा सुशासन, पारदर्शिता र कर्मचारी सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सरोकारवालाले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यस्तै, छानबिन नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण