आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तेलको भाउ बढेकाले राइड सेयरिङ कार्यान्वयन रोकियो– मुख्यमन्त्री

मङ्गलबार, १७ चैत २०८२, १८ : ०३
मङ्गलबार, १७ चैत २०८२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यपूर्वको तनावका कारण इन्धनको मूल्य बढेपछि प्रदेशमा राइड सेयरिङ कार्यान्वयन केही ढिला भएको बताएका छन् ।

प्रदेश सभामा सम्बोधन गर्दै उनले तेलको मूल्यमा केही कमी हुने वित्तिकै भाडादर कायम गरेर राइड सेयरिङ नियमावली कार्यान्वयन गरिने बताए । 

नेपालमै पहिलो पटक गण्डकी प्रदेशले पठाओ, इनड्राइभरलाई कानुनी दायरामा ल्याएर सन्चालनको अनुमति दिएको प्रदेशले कार्यान्वयन भने केही ढिलो गरेको छ । पाण्डेले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले तत्कालै भाडा तोक्दा पछि समस्या पर्न सक्ने बताए । 

‘अहिले इन्धनको मूल्य उच्च छ । यस्तो बेला भाडा तोक्दा भोलि मूल्य घट्दा समायोजन गर्न गाह्रो हुन सक्छ,’ ‘उनले भने, ‘केही समय पर्खेर बजार स्थिर भएपछि मात्रै भाडा निर्धारण गर्न लागेका छौं । त्यसपछि यो नियमावली कार्यान्वयन हुन्छ ।’ 

यसअघि प्रदेश सरकारले नियमावली पास गर्ने वित्तिकै देशैभर सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलन गरेका थिए । सोही दबाबबिच संघ सरकारले तत्काल नियमावली कार्यान्वयनमा रोक लगाएको थियो । अहिले पुनः प्रदेश सरकार नियमावली कार्यान्वयनमा जुटेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप