कांग्रेस सुदूरपश्चिम महामन्त्री शाहद्वारा पार्टी गतिविधिमा सहभागी नहुने घोषणा
सारांश
- सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीका कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।
- उनले पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी विभाजन भए कार्यकर्ताको निष्ठामा आघात पुग्ने बताए।
- शाहले नेपाली कांग्रेसको विरासतमा खेलबाड नगर्न आग्रह गर्दै विशुद्ध कांग्रेस भएर बाँच्न चाहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा सहभागिता नजनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बुधबार उनले आगामी दिनमा पार्टीका गतिविधिमा सहभागिता नजनाउने निर्णय लिएको उल्लेख गरेका छन् ।
‘यो संवेदनशील, जटिल र चुनौतीपूर्ण परिस्थितिमा सिङ्गो नेपाली कांग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिँदासम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनैपनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयंले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु,’ शाहले फेसबुकमा लेखेका छन् ।
शाहले झन्डै ८ दशक लामो पारिवारिक इतिहास बोकेको कांग्रेसमा यस्तो निर्णय लिन बाध्य हुनुपरेकोमा मर्माहत र दुःखी भएको पनि उल्लेख गरेका छन् । लामो राजनीतिक विरासत बोकेको पार्टीको वर्तमान अवस्थाप्रति पनि शाहले चिन्ता व्यक्त गरेका छन्।
उनले पार्टी विभाजनको संघारमा पुगेमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान कार्यकर्ताको संगठनप्रतिको निष्ठामाथि ठुलो आघात पुग्ने निश्चित रहेको समेत उल्लेख गरेका छन् । पार्टीको स्थापित विरासतमाथि कसैले पनि खेलबाड नगर्न शाहको आग्रह छ ।
‘जसकसैलाई जस्तोसुकै लागेता पनि अब उपरान्त म विशुद्ध नेपाली कांग्रेस भएर मात्र बाँच्न चाहन्छु र अन्त्यमा यो विषयलाई कसैले पनि अन्यथा नलिइदिनु होला भन्ने समेत सादर अनुरोध गर्दछु,’ शाहले लेखेका छन् ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार भएर पराजित भएका शाहले आफ्नो यो निर्णयलाई निर्वाचनको परिणामसँग तुलना नगर्न पनि आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण