आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईई परीक्षा शान्तिपूर्ण बनाउन मन्त्री तिमिल्सिनाको अपिल

बुधबार, १८ चैत २०८२, २२ : ५२
बुधबार, १८ चैत २०८२

सारांश

  • लुम्बिनी प्रदेशका मन्त्रीले एसईई परीक्षा मर्यादित बनाउन आग्रह गरे।
  • भोलिदेखि सुरु हुने परीक्षामा ८९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
  • परीक्षा सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ र सबै तयारी पूरा भएको छ।

बुटवल। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल गरेका छन् ।

भोलि बिहीबारदेखि देशभर एकैसाथ सुरु हुने उक्त परीक्षामा लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना तथा ग्रेड वृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कुल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३ सय ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा व्यवस्थापनका लागि ३ सय ३८ केन्द्राध्यक्ष, ६ सय ३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक तथा ६ सय ७६ कार्यालय सहयोगी गरी कुल ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबिच, परीक्षा सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलमार्फत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, अभिमुखीकरण, प्रश्न पत्र तथा उत्तर पुस्तिका ढुवानी लगायत सम्पूर्ण तयारी पूरा भइसकेको सम्बन्धित निकायले जनाएको छ।

मन्त्री तिमिल्सिनाले परीक्षार्थीहरूलाई डर र त्रासविना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई समेत सहयोग गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप