शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

शुक्रबार, २० चैत २०८२, १८ : ३९
शुक्रबार, २० चैत २०८२

बैतडी । महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द चार दिनपछि मृतावस्थामा फेलापरेका छन् ।

चन्द गत मङ्गलबार बिहान ११ः३० बजेतिर महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । चन्दको शव महाकाली नदीकिनारमा भारतीय क्षेत्रमा आज फेलापरेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जङ्गबहादुर कुँवरले बताए ।

भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदीकिनारमा चन्दको शव फेलापरेको हो । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ । महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उहाँको शव फेलापारेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप