सरकारी कार्यालयमा बिचौलिया निषेध
सारांश
- रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिने पाँच जना पक्राउ परे ।
- पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीलाई अनावश्यक झन्झट दिने गरेको पाइएको छ ।
- परीक्षामा चिट चोरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ।
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिक –२का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउँका श्याम बिहारी यादव, परोहा नगरपालिक–७ का रामनरेशप्रसाद पटेल र गौर नपालिका–८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन् ।
प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत, वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनी अनावश्यक झन्झट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सोबापत अनुचित लाभ लिनेलगायतका कार्य गरेको भेटेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
यसैबिच प्रहरीले जारी माध्यमिक शिक्षा परीक्षामा अनलाइन माध्यमबाट चिट चोरेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण