मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ रेलको सम्भावना

बुधबार, १६ साउन २०७५, १० : ०६
बुधबार, १६ साउन २०७५

नयाँ सरकार निर्माणसँगै सरकारले समृद्धिको नारा अगाडि बढाएको छ । त्यसका निम्ति ठूला परियोजनाको निर्माण अन्तरदेशीय व्यापारिक सम्बन्धका करिडोर निर्माण सरकार लागिरहेको छ । सरकारले उत्तर–दक्षिण सडक कारिडोर निर्माण गर्दैछ । नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइन थप गर्दैछ भने क्षमता वृद्धिका कार्य पनि सँगसँगै गर्दैछ । अब प्रसारण लाइन चीनतर्फ पनि जोडिँदैछ भने बङ्गलादेशसँग पनि विद्युत् प्रसारण लाइन जोडिने तरखरमा छ । नेपाल, भारत बङ्गलादेश  र भुटान मिली सडक सञ्चालनको कार्य थालनी भएको छ । सञ्चारका क्षेत्रमा नेपाल–भारत र नेपाल–चीनमा अप्टिकल फाइबर सञ्चालन जोडिएको छ । यसरी हामी हाम्रा छिमेकीहरूसँग  विद्युत्, सडक र सञ्चार क्षेत्रमा एकअर्कासँग जोडिएको काम गरिरहेका छौँ । पछिल्लो समय भारत र चीनसँग जोडिन खोजिएको रेल बहुचर्चित बनेको छ । यसका विषयमा विभिन्न खालका टीकाटिप्पणी हुन थालेका छन । ठूला परियोजना निमार्ण गर्दा प्रयाप्त छलफल, बहस, यसका लाभ, हानि के कति हुन् ? देशको सामाजिक, आर्थिक परिवर्तनमा कस्तो खालको प्रभाव पार्न सक्छ ? लगायतका विषयमा छलफल हुनु सह्रानीय कुरा हो । तर यस्ता परियोजनाको सुरुवातमा नै नकरात्मक टिप्पणीले समृद्धिको यात्रालाई अवरोध पु¥याउनु मात्र हो ।

यातायातका विभिन्न साधनमध्ये सामान ढुवानीका निम्ति सस्तो माध्यम पानीजहाज, त्यसपछिका सस्तो साधन रेल हो । नेपालको ढुवानी सडक र हवाईको माध्यमबाट मात्रै हुन्छ । जुन ढुवानी लागतले मात्रै पनि वस्तु तथा सेवाको मूल्य महँगो हुन पुग्छ । सरकारले रेल सञ्जाल देशैभरि जोडने कार्यलाई प्रथामिकताका साथ अगाडि बढाएको छ । दुवै देशसँग रेल सञ्जालबाट जोडिने प्रयास सुरु गरेको छ । पछिल्लो समय नेपालमा चिनियाँ रेल र भारतीय रेलको विषयले बढी चर्चा पाउन थालेको छ ।  

चिनियाँ रेल : चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलक हुन पुगेको छ । निर्यात व्यापारमा पनि पहिलो स्थानमा छ । चीनले रेलको क्षेत्रमा गरेको अतभूत विकासले संसारको जस्तोजुकै भूगोलमा रेल पु¥याउन सकिन्छ  भने कुरा xining - golmud - lhasa रेलको उच्च विन्दु ५०६८ मिटरको उचाइबाट रेल पार गर्छ । जसका कारण चिनियाँ रेल नेपालको पहाडैपहाडको भूगोलमा पनि  निर्माण र सञ्चालन गर्न सकिन्छ भन्ने कुरा पुष्टि गर्छ । चिनियाँ रेलको सञ्जाल देशभित्र १,२१,००० किमिभन्दा ज्यादा छ । जसमध्ये करिब १९००० किमिमा उच्च गतिको रेल सञ्जाल रहेको छ । जुन प्रतिघण्टा ३५० किमिको गतिमा यात्रा तय गर्दछ । चीन सरकारले आफ्नो व्यापार वृद्धि गर्न पुरानो सिल्क रोडलाई वान बेल्ट वान रोड परियोजनामार्फत एसिया, अफ्रिका र युरोपसँग सडक र रेल तथा जलयातायात मार्फत सञ्जाल निर्माण गरिरहेको छ । नेपालको तर्फबाट पनि यस परियोजनामा सहभागी हुन प्रतिबद्धतासहितको सम्झौता भएको छ । जसका कारण चिनियाँ रेल नेपालमा आउने सम्भावना अत्यधिक छ । राज्यले रेल परियोजना निर्माणको क्रममा उक्त रेल चिनियाँ रेलको प्राविधिक पक्ष राम्ररी अध्ययन गर्न आवश्यक छ । विशेषतः चीनमा सञ्चालन भइरहेको रेल स्टेन्डर्ड गेज हो । चीनमा सञ्चालनमा रहेको उच्च गतिको रेल निर्माण लागत प्रतिकिलोमिटर (१७–२१) मिलियन डलर पर्छ । यस्तै प्रकारको रेल निर्माण युरोपमा प्रतिकिमि (२५–३९) मिलियन डलर तथा अमेरिकामा ५६ मिलियन डलर पार्न आउँछ ।

चीन नेपाल हुँदै छोटो दूरीमा भारतको विशाल बजारमा प्रवेश गर्न चाहन्छ । जसको परिणम रसुवा–काडमाडौँ–पोखरा हुँदैै लुम्बिनीसम्म रेल बनाउने कुरा गरिरहेको हुनसक्छ । जसले गर्दा ढुवानी लागत कमी हुन गई मालसमामनको मूल्य सस्तो पार्न जान्छ ।

तुलनात्मक रूपमा चीनमा  निर्माणलागत सस्तो देखिएको छ ।  नेपालले छिमिकी भारत पनि रेल सञ्जाल विस्तार गरिरहेको छ । इस्ट इन्डिया कम्पनीको समयदेखि नै विभिन्न रुटमा नेपाल–भारत रेल सेवा सञ्चलानमा थिए । रक्सौल–अम्लेखगञ्ज, जनकपुर–जयनगर जस्ता रुटमा रेल सञ्जाल जोडिएको थियो । भारत विश्वको चौथो ठूलो रेल सञ्जाल भएको मुलुक हो । जसको ६७,३६८ किमि रेल सञ्जाल छ । विशेषतः भारत ब्रोडगेज रेल सञ्जाल भएको मुलुक हो । नेपाल र भारतबीच विभिन्न व्यापारिक नाकाहरूसँग रेल लिङ्क जोडिएका छन् । सरकारले जयनगर– जनकपुर हुँदै बर्दिवाससम्म रेलको लिङ्क पुनः निर्माण र नयाँ निर्माण गरिरहेको छ । साथसाथै नेपाल सरकारले पूर्व–पश्चिम विद्युतीय रेल निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ । यस्ता परियोजना निर्माणले देशको अर्थतन्त्रमा व्यापक मात्रामा वृद्धि हुनसक्छ । नेपाल र भारतबीच हुने व्यापारलाई सरल र सस्तो ढुवानीका रूपमा रेल यातायात उपयोगी साधन बन्न सक्दछ । 

नेपालसँग सीमा जोडिएका भारतका उत्तरप्रदेश, विहार तथा बङ्गालको जनसङ्ख्या भारतको कुल जनसङ्ख्याको एक तिहाई जनसङ्ख्या हुन आउँछ । अर्काेतर्फ भारत र चीनबीच बर्सेनि व्यापार बढ्दो क्रममा छ । भारतको उत्तर क्षेत्रको उच्च उपझोक्तालाई लक्षित गरी चीन व्यापार विस्तार गर्न चाहन्छ । समुद्रको मार्गबाट व्यापार गर्न लामो मार्ग, झन्झटिलो प्रक्रिया र ढुवानी लगायतको कारण वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिले प्रतिस्पर्धा गर्न कठिनाइ सिर्जना भइरहेको छ । भारत र चीन जमिनबाट जोडिए पनि उसका नाकाहरू सदाबार सञ्चालन गर्न सक्ने खालका छैनन् । चीन नेपाल हुँदै छोटो दूरीमा भारतको विशाल बजारमा प्रवेश गर्न चाहन्छ । जसको परिणम रसुवा–काडमाडौँ–पोखरा हुँदैै लुम्बिनीसम्म रेल बनाउने कुरा गरिरहेको हुनसक्छ । जसले गर्दा ढुवानी लागत कमी हुन गई मालसमामनको मूल्य सस्तो पार्न जान्छ । यदि चीन सरकार आफ्नो व्यापार नेपालको बाटो हुँदै भारतमा सहज प्रवेश र व्यापार गर्न पाउँछ भने चिनियाँ रेल अबको केही वर्षभित्रै बन्ने सुनिश्चित छ । यदि व्यापारको सम्भावना नभएमा चिनियाँ रेल नेपालले कैयौँ वर्ष कुर्नुपर्ने पक्का छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निरज सापकोटा
निरज सापकोटा
लेखकबाट थप