सशस्त्र प्रहरीलाई कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा
बुटवल । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको हो । 'अन्य विषयमा थप अनुसन्धान भइरहेको छ,' उनले बताए ।
स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा प्रहरीले शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा रोकेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन् ।
उक्त स्थान सशस्त्र प्रहरीको चेकपोस्ट क्षेत्र रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण