आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

सोमबार, २३ चैत २०८२, २१ : ०८
सोमबार, २३ चैत २०८२

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति करिब १० बजेदेखि सञ्चालन गरिएको विशेष अभियानमा ठुलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानमा जाँच गरी ती सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ।

“सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउन यस्तो अभियानलाई निरन्तरता दिइनेछ”, सूचना अधिकारी चन्दले भने, “नियन्त्रणमा लिइएका सवारी चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप