सशस्त्र प्रहरी हवल्दारमाथि कुटपिट, गाउँपालिका उपाध्यक्षविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध “ज्यान मार्ने उद्योग” मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सोमबार सशस्त्र प्रहरी बल बी.ओ.पी. हथिहवा अन्तर्गत शिवालव बोर्डर चेकपोष्टमा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि कुटपिट भएको थियो।
प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेका एक व्यक्तिलाई चेकजाँच गर्न खोज्दा विवाद भएको थियो।
सोही क्रममा चौधरीले आक्रमण गर्दै ड्युटीमा रहेका प्रहरीसँग रहेको हतियार (बन्दुक) समेत खोसेर प्रयोग गर्न खोज्दै कुटपिट गरेको जनाइएको छ। घटनामा प्रहरी हवल्दार घाइते भएका छन्।
घटनापछि चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार आरोपीलाई “ज्यान मार्ने उद्योग” मुद्दामा अनुसन्धान गर्न कपिलवस्तु जिल्ला अदालत बाट ४ दिनको म्याद थप गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण