नेशनल लाइफले दियो अभिकर्ताहरूलाई १ दिने तालिम
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।
‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमा शुल्क सङ्कलन गरी छनौट भएका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरू र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरू गरी १६० जना अभिकर्ताहरूलाई महेन्द्रनगरमा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले उद्घाटन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले सहभागीहरूलाई स्वागत गरेका थिए ।
एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई मासिक योजना मन्थन २०८२ बारे जानकारी दिएका थिए । यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई सहायक महाप्रबन्धक शर्माले मायाको चिनो प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
-
निजी अस्पताल र बैंकमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी
-
'दुःखद् भयो, फिफालाई चिठी पठाउँछौँ, नेपालको फुटबल रोकेर रोक्न सकिँदैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण