राप्रपा कोशी प्रवक्ता राउतले दिए राजीनामा
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वैचारिक धरातल विपरीत उपसभामुख पदमा उम्मेदवारी दिएकोमा गम्भीर असहमति जनाउँदै कोशी प्रदेशका प्रवक्ता विजय राउतले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
‘वर्तमान राजनीतिक परिवेशमा उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयले पार्टीको वैचारिक धरातल मात्र होइन, समग्र राष्ट्रिय राजनीतिक स्थिरतालाई समेत कमजोर बनाउने सङ्केत गरेको देखिन्छ । उक्त निर्णयप्रति मेरो गम्भीर असहमति रहेको छ,’ राउतले बिहीबार जारी प्रेस विज्ञप्तिमा भने।
राष्ट्रहितलाई सर्वोपरि राखेर उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयलाई स्वीकार गर्न आफू असमर्थ रहेको राउतको भनाइ छ ।
वैचारिक असहमति दर्ज गर्दै राउतले विज्ञप्तिमा भने, ‘आजकै मितिबाट राप्रपाको कोशी प्रदेश कार्यसमितिको प्रवक्तासहित सम्पूर्ण पद, जिम्मेवारी तथा साधारण सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएको जानकारी गराउँछु ।’
राप्रपाले संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासन तथा सांस्कृतिक पहिचानका मौलिक एजेन्डा स्थापित र सुदृढ बनाउँदै अघि बढ्नु पर्नेमा पछिल्लो समय पार्टीको कार्यदिशा र निर्णयहरू यी आधारभूत एजेन्डा विपरीत उन्मुख हुँदै गएको स्पष्ट अनुभूति भएको छ, उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण