सुर्खेतमा सुरु भयो ‘कर्णाली उत्सव’
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा शनिबारदेखि कर्णाली उत्सवको सातौँ संस्करण सुरु भएको छ।
- ‘कुडा कर्नालीका’ नारासहित सञ्चालित उत्सवमा साहित्य, कला, सङ्गीत र विकासका विविध विषयमा बहस तथा प्रस्तुति हुनेछन्।
- तीन दिनसम्म चल्ने यस उत्सवले कर्णालीका सम्भावना र चुनौतीमाथि बहस सिर्जना गर्दै सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
सुर्खेत । कर्णाली उत्सवको सातौँ संस्करण शनिबारदेखि सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा कार्यक्रम सुरु भएको हो । ‘कुडा कर्नालीका’ भन्ने नारासहित सञ्चालन हुने उत्सवमा साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा बहस तथा प्रस्तुति गरिने उत्सवका संयोजक कमलराज लम्सालले बताए ।
उत्सवको उद्घाटन सात धुनबाट भएको छ । उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिएकी थिइन् ।

साथै, ‘सात वर्ष सात प्रयास’ शीर्षकमा अडियो–भिजुअल प्रदर्शन गरिएको छ । साथै, देवन्द्ररमण खनालको ‘कर्णालीमा बैङ्किङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालको ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रवचन रहने कार्यक्रम छ ।
पहिलो दिन दिउँसो १ः ३० बजे ‘सुइना कर्णालीका’ विषयमा छलफल हुनेछ भने विभिन्न क्षेत्रका वक्ताहरूले आफ्ना धारणा राख्नेछन् । त्यसैगरी, दिउँसो ३ बजे ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस आयोजना गरिनेछ । साँझ ४ बजे डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो सफलताको सङ्घर्ष पैकेलोमार्फत सुनाउने छिन् ।

४ः १५ बजे ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा छलफल हुनेछ । यस सत्रमा विभिन्न विज्ञ तथा वक्ताहरूको सहभागिता रहनेछ । त्यसपछि ५ः १५ बजे ‘सुइना कर्णालीका’ विषयमा अर्को सत्र आयोजना गरिनेछ । साँझ ६ः १५ बजे ‘पोजिसन कर्णाली’ विषयमा हरिराम न्यौपानेले प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।

उत्सवको आकर्षणका रूपमा साँझ ६ः ३० बजे ‘कर्णाली कन्सर्टः जुरुक्क कर्णाली’ आयोजना हुनेछ, जसमा जदौ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाल, विपना सिंह लगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार तीन दिनसम्म चल्ने उत्सवले कर्णालीका मुद्दा, सम्भावना र चुनौतीमाथि बहस सिर्जना गर्दै सांस्कृतिक पहिचान प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण