राजनीति
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक
सोमबार, ३० चैत २०८२, १२ : २०
१
सारांश
- नेपाली कांग्रेसले बुधवार दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ।
- बैठकमा समसामयिक राजनीति, संसदीय दलको नेता चयन प्रक्रिया र १५ औँ महाधिवेशनको तयारीबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।
कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण