राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नयाँ नेतृत्व चयन
सारांश
- राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशनले देवीदत्त आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
- महाधिवेशनले ३८ बुँदे बुटवल घोषणापत्र जारी गर्दै संस्थाको नेतृत्वमा राजनीतिक दलका सक्रिय सदस्य नहुने सुनिश्चित गरेको छ।
- नयाँ समितिले आगामी तीन वर्षसम्म अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, मर्यादा र नीतिगत सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन नयाँ नेतृत्व र ३८ बुँदे बुटवल घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।
दुई दिनसम्म बुटवलमा सम्पन्न भएको उक्त महाधिवेशनले देवीदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको र ३८ बुँदे घोषणापत्र जारी गरेको जनाएको छ ।
आज बुटवलमा पत्रकार सम्मेलन गरी बताइएअनुसार देशका ७४ जिल्लाका ६६८ प्रतिनिधिहरू सहभागी रहेको उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको र ३८ बुँदे घोषणापत्र जारी गरेको छ ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा अमरबहादुर गुरुङ, महिला उपाध्यक्षमा शोमा कार्की, महासचिवमा कुमार रेग्मी, सचिवमा अश्विन लम्साल, कोषाध्यक्षमा रमेश कुमार बस्नेत निर्वाचित भएका छन् । महासंघको सदस्यमा मीरा तामाङ, पुस्विन खत्री, सुनिता थापा, अर्जुन रावल, भेगी कुमारी पुन मगर, झमक प्रसाद गौतम, लक्ष्मी काफ्ले, जगदीश प्रसाद अर्याल, जानुका रोक्का, दीपक अधिकारी, सूर्यकृष्ण चौलागाई निर्वाचित भएका छन् ।
यस्तै, नन्दराज भट्ट, इच्छा केसी महतो, गिरिधारी सुवेदी, काशीराम न्यौपाने, पुष्पराज रिमाल, दिल कुमारी देवकोटा, नथुनी हलुवाई, बिनिता कुमारी यादव, रामचन्द्र यादव, सुनिता तामाङ, पदम बहादुर पुन, सीता विश्वकर्मा, परशुराम आचार्य, नेत्र प्रसाद सापकोटा, रमेश पोख्रेल, कुमार पौडेल, रामकृष्ण न्यौपाने सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा उक्त घोषणापत्रमा गैरराजनीतिक चरित्र, राजनीतिक दलका भ्रातृ संगठनहरूको हस्तक्षेपलाई निस्तेज गर्न विधान संशोधन गरी राजनीतिक दलका सक्रिय सदस्य नहुने वा त्यागेकाहरू मात्र महासंघका नेतृत्व तहमा आउन पाउने सुनिश्चितता गर्ने भनिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र मर्यादाका लागि आगामी तीन वर्षसम्म राज्य र सम्बद्ध निकायलाई जिम्मेवार बनाउनका लागि घोषणापत्र जारी गरेको अध्यक्ष देवीदत्त आचार्यले बताए ।
घोषणापत्रमा नीतिगत सुधार, पहुँचयुक्तता र सूचना प्रविधि, स्वास्थ्य, पुनर्स्थापना र सहायक सामग्री, शिक्षा, रोजगार र सशक्तिकरण, संस्थागत विकास र सुशासन, सामाजिक न्याय र सुरक्षा लगायतका विषयहरू समावेश गरिएको छ । साथै, महासंघ विशुद्ध अपाङ्ग भएका व्यक्तिहरूको हकहित र अधिकारमा केन्द्रित हुने उनले बताए ।
नेपालमा सरकारी तथ्याङ्क अनुसार कुल जनसंख्याको २.२५ प्रतिशत नागरिक अपाङ्ग रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण