नयाँ वर्ष २०८३ राष्ट्रिय एकता र आर्थिक विकासको कोशेढुंगा बनोस् : डा. धवलशम्सेर राणा
सारांश
- राप्रपा महामन्त्री डा. धवलशम्सेर राणाले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।
- डा. राणाले भ्रष्टाचारको अन्त्य गर्दै देशमा रोजगारी सिर्जना, सुशासन र आर्थिक विकासमा जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकताको प्रतीकमा गोलवद्ध हुन आह्वान गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा मंगलबार जारी शुभकामना सन्देशमा राष्ट्रवादी नेता डा. राणाले नवयुवा पुस्ताको हितमा सार्थक प्रतिफल प्राप्त गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । राणाले भनेका छन्, ‘पृथ्वीपथको जगमा र स्वदेश नै स्वर्ग भन्ने आदर्शअनुकूल नयाँ वर्ष राष्ट्रिय एकता, आर्थिक विकास र नवप्रवर्तनको कोशेढुंगा बनोस् भन्ने कामना गर्दछु ।’
महामन्त्री राणाले वि.सं. २०८२ को निर्वाचनपछि जनस्तरमा नयाँ आशा पलाएको र सरकारका तर्फबाट पनि केही आशाप्रद प्रयासहरू सुरु भएको उल्लेख गरेका छन् । यद्यपि, सामाजिक रोगको रूपमा झाँगिएको भ्रष्टाचारको अन्त्य गर्नु अहिलेको अनिवार्य बाध्यता रहेको उनको ठहर छ ।
शुभकामना सन्देशमार्फत उनले देशका विद्यमान चुनौतीहरूबारे चर्चा गर्दै भनेका छन्, ‘रोजगारी सिर्जना, महँगी र वैदेशिक ऋणभारको बढ्दो चुनौती कायमै छ । राजनीतिक क्षितिजमा केही आशाका किरण देखिए पनि राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।’
डा. राणाले नयाँ वर्ष २०८३ ले देशमा शान्ति, स्थायित्व र समृद्धि कायम गरोस् भन्दै भ्रष्टाचारमुक्त समाज र सुशासन स्थापनाका लागि सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण