फोक्सोभित्र नत्थीको टुक्रा अड्किएपछि...
सारांश
- मेक्सिकोकी २६ वर्षीया महिलाको फोक्सोभित्र झुक्किएर नाकको नत्थीको टुक्रा अड्किएको छ।
- सुतिरहेको अवस्थामा श्वासप्रश्वासको माध्यमबाट उक्त धातुको टुक्रा फोक्सोभित्र पसेको अनुमान गरिएको छ।
- जटिल शल्यक्रियामार्फत उक्त नत्थीको टुक्रा सफलतापूर्वक निकालिएको छ।
काठमाडौँ । मेक्सिकोमा मोनिका डेयानिरा क्याब्रेरा बराजस नाम गरेकी २६ वर्षिय महिलालाई एक महिनासम्म लगातार खोकी लागिरह्यो । एक्सरेबाट समस्या पत्ता लाग्छ कि भन्ने उनको सोच थियो । तर, एक्सरेमा जे देखियो त्यो देखेर उनी अचम्मित भइन् । एक्सरेको रिपोर्टमा उनको फोक्सोभित्र नाकको नत्थीको सानो टुक्रा अड्किएको देखियो ।
सुरुमा सामान्य समस्या ठानेर अस्पताल पुगेकी उनले एक्सरेको रिपोर्ट आएपछि मात्रै आफ्नो नत्थी हराएको थाहा पाइन् । उनका अनुसार, सम्भवतः सुतिरहेको बेला नत्थीको सानो हिस्सा खसेर घाँटी हुँदै साससँगै भित्र पसेको हुनु पर्छ । “म त उत्तानो सुतिरहेको थिए, कसरी यस्तो भयो थाहै छैन, ” अनजानमै साससँगै तानेको हुनसक्ने अनुमान उनले सुनाइन् ।
डाक्टरहरूले बताएअनुसार धातुको उक्त पियर्सिङ उनको मुटुसँग जोडिएको मुख्य रक्तनली एओर्टाबाट शून्य दशमलव ५ मिलिमिटर मात्रै टाढा थियो । यसलाई निकाल्न शल्यक्रिया गर्नुपर्यो । डाक्टरहरूले १ घण्टा २० मिनेट प्रयास गर्दासमेत यसलाई निकाल्न सकेनन् ।
त्यसपछि दोस्रो जटिल शल्यक्रिया गर्नुपर्यो । नत्थीको टुक्रोले फोक्सो वा एओर्टामा क्षति पुर्याएको भए उनको मृत्यु नै हुन सक्थ्यो भनेर चिकित्सकहरूले भनेका छन् । यस घटनापछि महिलाले भविष्यमा पुनः सेप्टम पियर्सिङ नगर्ने निर्णय लिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण