आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु

बिहीबार, ०३ वैशाख २०८३, १७ : ४७
बिहीबार, ०३ वैशाख २०८३

प्युठान । जाजरकोट र प्युठानमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ अवलगुर्ता बस्ने अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही ठाउँस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

त्यस्तै, प्युठानको माण्डवी गाउँपालिका–१ थक्लेनीस्थित माडी नदीमा नुहाउने क्रममा डुबेर नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङ बस्ने ३५ वर्षीय फरम मल्लको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप