कृषि सडक स्तरोन्नतिमा जोड
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीबासमा कृषि सडकको विस्तार तथा स्तरोन्नतिमा जोड दिइएको छ । स्थानीय कृषकको उत्पादनलाई सहज रूपमा बजारीकरण गर्नुका साथै गाउँघरमै एम्बुलेन्स सेवा प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले वडा कार्यालयले कृषि सडक निर्माण तथा सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो।
पहुँच अभावका कारण उत्पादन गरिएको कृषिउपज समयमै बजारसम्म पुर्याउन कठिनाइ भोग्दै आएका कृषकलाई लक्षित गर्दै विभिन्न टोल जोड्ने गरी कृषि सडक विस्तार गरिएको वडाध्यक्ष कुमार विष्टले बताए । सडक स्तरोन्नतिसँगै ढुवानी लागत घट्ने, समय बचत हुने तथा कृषकको आम्दानी वृद्धि हुने स्थानीयवासीको भनाइ छ।
अनुसार कृषि उत्पादनलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन पूर्वाधार विकास अपरिहार्य भएकाले सडक विस्तार र स्तरोन्नति कार्यलाई प्राथमिकतामा दिइएको हो । “कृषि नै यहाँका अधिकांश नागरिकको मुख्य पेसा हो”, वडाध्यक्ष विष्टले भने, “उत्पादन बढे पनि बजारसम्म पुग्ने सहज व्यवस्था नहुँदा किसानले उचित मूल्य पाउन सकेका थिएनन् । त्यसैले सडक विस्तारलाई जोड दिएका हौँ ।”
वडाको पहलमा मुख्य सडकका रूपमा खगल्लीटार–ग्याल्चोङ ५.५ किलोमिटर, तल्लो हर्का–कावा खोला–महादेवथान सडकलगायत गरी कुल ५६ दशमलव ३ किलोमिटर सडक विस्तार गरिएको छ । यसले गाउँका विभिन्न बस्तीलाई आपसमा जोड्दै आवागमनलाई सहज बनाएको छ ।
यसरी विस्तार गरिएको सडकको स्तरोन्नतिमा पनि वडाले ध्यान दिएको छ । सडकलाई ग्राभेल तथा सोलिङ गरी १२ महिना सञ्चालनयोग्य बनाउने लक्ष्यका साथ काम भइरहेको छ । साथै, आवश्यक स्थानमा एम्बुलेन्स पुग्नसक्ने गरी सडकको चौडाइ तथा संरचना सुधार गरिएको वडाले जनाएको छ।
स्थानीय कृषकका अनुसार सडक विस्तारपछि तरकारी, फलफूल तथा अन्य कृषिउपज ढुवानी गर्न सहज भएको छ । पहिले घण्टौँ लाग्ने दूरी अहिले छोटो समयमै पार गर्न सकिने भएपछि उनीहरू उत्साहित बनेका छन् । कृषि सडक विस्तारले आकस्मिक अवस्थामा बिरामीलाई छिटो स्वास्थ्य संस्थासम्म पुर्याउनसमेत सहज भएको स्थानीय विनोद बस्नेतले बताए।
वर्षायाममा सडक बिग्रने समस्या समाधानका लागि नियमित मर्मत तथा गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने स्थानीयको सुझाव छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा ४८१ परिवारको बसोबास रहेको छ भने कुल जनसङ्ख्या दुई, हजार ४९ रहेको छ।
जसमध्ये एक एक हजार ४१ पुरुष र एक हजार आठ महिला रहेका छन् । भौगोलिक तथा जनसङ्ख्या संरचनालाई ध्यानमा राख्दै पूर्वाधार विकासका काम अघि बढाइएको वडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण