आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ

शुक्रबार, ०४ वैशाख २०८३, १८ : १७
शुक्रबार, ०४ वैशाख २०८३

झापा । कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले आज बिहान करिब ११ः३० बजे गोप्य सूचनाका आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ जाँदै गरेको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका व्यक्तिबाट ५६३ दशमलव ६२० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले बताए।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार पक्राउ पर्नेमा झापा गाउँपालिका–६ बस्ने २२ वर्षीय साफिक उलमियाँ र भारतको डिगलबैंक थाना–१ बस्ने २२ वर्षीय निसार आलम रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप