होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत
सारांश
- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानद्वारा होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजका लागि खुला गर्ने निर्णयको स्वागत गरेका छन्।
- यो निर्णय इजरायल र लेबनानबीचको युद्धविराम अवधिभरका लागि गरिएको हो।
- महासचिवले यस कदमलाई द्वन्द्व समाधानका लागि सही दिशामा चालिएको सकारात्मक प्रयासको रूपमा लिएका छन्।
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानद्वारा होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला गरिएको घोषणाको स्वागत गरेका । इजरायल र लेबनानबिच भएको युद्धविराम अवधिभरका लागि इरानले यो निर्णय गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिवले यस कदमलाई सही दिशामा चालिएको सकारात्मक कदमको रूपमा लिएको बताएका छन् । राष्ट्रसंघको अडान स्पष्ट रहेको उल्लेख गर्दै उनले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रतालाई सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
महासचिवले वर्तमान द्वन्द्व समाधानका लागि भइरहेका कूटनीतिक प्रयासहरूको पूर्ण समर्थन गरेका छन् । यो कदमले युद्धविरामसँगै पक्षहरूबिच विश्वासको वातावरण सिर्जना गर्ने र पाकिस्तानद्वारा सहजीकरण भइरहेको संवादलाई थप मजबुत बनाउने अपेक्षा उनले व्यक्त गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र लेबनान १० दिने युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए । सोही घोषणाको भोलिपल्ट इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
-
कङ्गोको पुनरागमन, उज्बेकिस्तानविरुद्ध २–१ को अग्रता
-
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय पक्राउ
-
अमेरिकाले गर्दैछ लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण