अफगानिस्तानमा बाढीका कारण ७३ हजार भन्दा बढी प्रभावित : राष्ट्रसङ्घ
शनिबार, ०५ वैशाख २०८३, १४ : ४४
अफगानिस्तानका विभिन्न प्रान्तमा लगातार १२ दिन सम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ललाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।
युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको छ । विस्थापित परिवारहरू, विशेष गरी महिला तथा वालवालीकाहरुले स्वास्थ्य सेवाहको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् । उनीहरुलाई तत्काल खाना, आश्रय, र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ ।
मानव अधिकारवादी संस्थाहरूले बढ्दो आवश्यकताहरू सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण