आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपाले बोलायो अनुशासन समितिको बैठक

सोमबार, ०७ वैशाख २०८३, १२ : ३४
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आन्तरिक अनुशासनका विषयमा छलफल गर्न अनुशासन समितिको बैठक बोलाएको छ।
  • पार्टीभित्र बढ्दो विवाद र अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीमाथि उठिरहेका प्रश्नका बीच यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए । 

बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ । पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन् । 

विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न हुँदै आएको छ । सोसहित अनुशासनको दायराभित्र पर्ने समग्र विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप