आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

इलामको पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुट्यो

सोमबार, ०७ वैशाख २०८३, २१ : ३०
सोमबार, ०७ वैशाख २०८३

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४, गुम्बाडाँडास्थित पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुटेको छ । 

बिजुली उत्पादनका लागि पावर हाउसतर्फ पानी लैजाने मुख्य पाइप साेमबार दिउँसो करिब ३ बजेको समयमा फुटेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पाइप फुटेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको छ । 

त्यहाँ ठुलो मात्रामा पानी बाहिरिए पनि कुनै किसिमको मानवीय र पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

पाइप फुटेर पानीको बहाव बाहिरिएसँगै हाइड्रोपावरबाट हुने विद्युत् उत्पादन प्रभावित भएको छ । पाइपमा सञ्चित रहेको पानी पूर्ण रूपमा बगेर सकिएपश्चात मात्रै फुटेको पाइपको मर्मत कार्य सुरु हुने जनाइएको छ। 

घटनाबारे थप अनुसन्धान तथा समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप