इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका समस्याहरू सामना गर्नुपर्ने ट्रम्पको चेतावनी
वासिङ्टन डीसी । अमेरिका र इरानबीच पाकिस्तानमा सम्भावित वार्ताको चर्चा चलिरहेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः वार्तामा आउने दाबी गरेका छन् ।
इरान वार्ताको टेबलमा नबसेमा आफू विश्वस्त रहेको सोमबार जोन फ्रेडरिक्स शो नामक रेडियो कार्यक्रममा छोटो टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले बताए ।
इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका समस्याहरू सामना गर्नुपर्ने चेतावनी पनि ट्रम्पले दिए ।
‘ठीक छ, उनीहरू वार्ता गर्नेछन् र यदि उनीहरूले त्यसो गरेनन भने उनीहरूले पहिले कहिल्यै नदेखेका समस्याहरू देख्नेछन्,’ ट्रम्पले भने, ‘आशा छ उनीहरूले निष्पक्ष सम्झौता गर्नेछन् र उनीहरूले आफ्नो देशलाई पुनः निर्माण गर्नेछन् ।’
फोनवार्ता समाप्त गर्नुअघि ट्रम्प सैन्य कारबाही गर्नुको आफ्नो औचित्यबारे समेत बोले । ‘ भन्न चाहन्छु कि इरानमा हामीसँग कुनै विकल्प थिएन’ उनले भने, ‘हामीसँग विकल्प थिएन, हामीले त्यसो गर्नैपथ्र्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण