आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
मस्यौदा समिति

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा ३० परिच्छेद, २६३ दफा, ७ अनुसूची

मङ्गलबार, ०८ वैशाख २०८३, १४ : ०७
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची रहेको मस्यौदा तयार गरेको छ।
  • समितिले उक्त मस्यौदा मंगलबार दिउँसो ३ बजे सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरेको छ।

काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले पुरानो नियमावलीमा रहेका भन्दा एउटा दफा कम गरेर मस्यौदा तयार गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पराजुली नेतृत्वको नियमावली मस्यौदा समितिले ३० परिच्छेद २६३ दफा ७ अनुसूचीसहितको नियमावलीको मस्यौदा तयार गरेको हो । 

यसअघिको प्रतिनिधि सभा नियमावली २०७९ मा ३० परिच्छेद २६३ दफा ७ अनुसूची थिए । 

नियमावलीको मस्यौदा मंगलबार दिउँसो ३ बजे सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी समितिले गरेको छ । सभामुखको सचिवालयले नियमावलीको मस्यौदा ३ बजे सभामुख अर्याललाई बुझाउने कार्यक्रम तय भएको जानकारी दिएको छ । 

मस्यौदा समितिका एक सदस्यका अनुसार अहिले समितिका सदस्यहरूले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिइरहेका छन् । 

समितिको बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप