आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा महासचिव पोखरेलको सन्देश: ‘जबज’ सामु लोकप्रियतावाद टिक्दैन

मङ्गलबार, ०८ वैशाख २०८३, २२ : ५७
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • नेकपाका महासचिव शंकर पोखरेलले 'जबज' को मार्गदर्शनसामु हाल देखिएको लोकप्रियतावाद र अराजकतावाद अस्थायी रहेको बताएका छन्।
  • महासचिव पोखरेलले पार्टीको ७७औँ स्थापना दिवसको पूर्व सन्ध्यामा संस्थापक नेताहरूको योगदानप्रति सम्मान प्रकट गरेका छन्।
  • उनले समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई विशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै ‘जबज’ को मार्गदर्शनसामु हाल राजनीतिमा देखिएको लोकप्रियतावाद र अराजकतावाद अस्थायी भएको बताएका छन् ।

वैशाख ९ गते (भोली) मनाइने पार्टी स्थापना दिवसको पूर्व सन्ध्यामा मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले ‘अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना’ मात्र भएको टिप्पणी गरे ।

महासचिव पोखरेलले संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठ लगायतप्रति सम्मान प्रकट गर्दै उनीहरूको सङ्घर्षबाट प्रेरणा लिन आग्रह समेत गरे । 

पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयसहित देशभर जिल्ला कमिटीहरूले विशेष कार्यक्रम आयोजना गर्दै छ । पोखरेलले आफूलाई पायक पर्ने कार्यक्रममा सहभागी भएर समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप