फेरि बढ्दै सार्वजनिक यातायातकाे भाडा
सारांश
- यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशतले बढाउन मन्त्रालयमा प्रस्ताव गरेको छ।
- ढुवानीका सवारी साधनमा पहाडी क्षेत्रका लागि १४ र तराई क्षेत्रका लागि १२ प्रतिशत भाडा समायोजनको सिफारिस गरिएको छ।
- इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण व्यवसायीको दबाबमा सो सिफारिस गरिएको हो।
काठमाडाैँ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।
विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको छ।
गत चैत २५ गते विभागले अन्तरप्रदेशको रुटमा चल्ने सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले सरकारसमक्ष भाडा बढाउन माग गर्दै आएका थिए । पश्चिम एसिया द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरेको थियो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेको थियो।
डिजेलमा मात्रै प्रतिलिटर ५५ रुपैयाँ बढेको भन्दै व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण