कार्ल्सबर्गको जल संरक्षणमा विशेष जोड, नेपालमा १० अर्ब लगानीको प्रतिबद्धता
काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले नेपालमा जल स्रोत संरक्षणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) डेनमार्कसँगको साझेदारीलाई थप सुदृढ बनाएको जनाएको छ । ब्रुअरी उद्योगका लागि पानी एक अपरिहार्य स्रोत भएकाले कम्पनीले यसको दिगो व्यवस्थापन, दक्ष उपयोग र वातावरणीय सन्तुलनमा जोड दिएको हो ।
नेपाललाई रणनीतिक रूपमा महत्त्वपूर्ण बजार मानेको कार्ल्सबर्गले हालै यहाँ १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत जनाएको छ । यो लगानीमार्फत कम्पनीले स्थानीय उत्पादनको सुदृढीकरण, दिगो विकास र दीर्घकालीन व्यावसायिक साझेदारीलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने गरी तीनवर्षीय विशेष कार्ययोजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत देशका विभिन्न क्षेत्रमा विनाश भएका वा बिग्रिएका सिमसार क्षेत्रहरूको पुनर्स्थापना गर्ने र भू–जल पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) मार्फत पानीको उपलब्धतामा सुधार ल्याउने लक्ष्य राखिएको छ । यस पहलले नदी–नालाको सतहमा पानीको दीर्घकालीन सन्तुलन कायम गर्न ठुलो सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
यो कार्यक्रम डब्ल्यूडब्ल्यूएफ 'वाटर रिस्क फिल्टर' को प्राविधिक मार्गदर्शनमा सञ्चालन भइरहेको छ । यस प्रणालीले कम्पनीको उत्पादन र आपूर्ति शृंखलामा पानीसँग सम्बन्धित हुन सक्ने सम्भावित जोखिमहरू पहिचान गरी तथ्यमा आधारित समाधान खोज्न मद्दत पुर्याउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रूपमा बढ्दै गएको जल संकटको समयमा कार्ल्सबर्गको यो कदमले व्यवसाय विस्तारसँगै वातावरणीय उत्तरदायित्वलाई पनि सँगसँगै लैजाने प्रयास गरेको देखिएको छ । नेपालमा गोरखा ब्रुअरीमार्फत आफ्नो उपस्थिति जनाइरहेको कार्ल्सबर्गले यो पहललाई आफ्नो दीर्घकालीन वातावरणीय दिगोपन रणनीतिको एउटा महत्त्वपूर्ण कडीका रूपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण