बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इतिहासकै ‘सबैभन्दा ठुलो’ ऊर्जा सुरक्षा सङ्कटको सामना गर्दैछ विश्व

बिहीबार, १० वैशाख २०८३, १५ : ५५
बिहीबार, १० वैशाख २०८३

सारांश

  • अन्तर्राष्ट्रिय ऊर्जा निकायका कार्यकारी निर्देशक फतिह बिरोलले विश्वले इतिहासकै सबैभन्दा ठुलो ऊर्जा सङ्कटको सामना गरिरहेको बताएका छन्।
  • तेल र ग्यासको मूल्यमा भएको तीव्र वृद्धिका कारण विश्व बजारमा ऊर्जाको माग घट्ने सम्भावना देखिएको छ।
  • इरान युद्धका कारण स्ट्रेट अफ हर्मुज जलमार्ग ठप्प हुँदा दैनिक १ करोड ३० लाख ब्यारेल तेल आपूर्ति गुमेको छ।

काठमाडौँ । विश्व समुदाय अहिले निकै ठुलो ऊर्जा सङ्कटको सङ्घारमा उभिएको छ । विश्वले ऊर्जा सुरक्षाको इतिहासकै “सबैभन्दा ठुलो खतरा” को सामना गरिरहेको अन्तर्राष्ट्रिय ऊर्जा निकायकाका कार्यकारी निर्देशक फतिह बिरोलले बताएको भन्दै राेयटर्सले समाचार छापेको छ ।

उनका अनुसार ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धिका कारण मागमा कमी आउने सम्भावना छ । “हामी मूल्य वृद्धिको प्रभावले मागमा गिरावट देख्नेछौँ, साथै केही अवस्थामा सरकारले लिएका वा लिन सक्ने उपायहरूले पनि यसमा असर पार्नेछ,” उनले भने ।

“आजको अवस्थासम्म आइपुग्दा हामीले प्रतिदिन १ करोड ३० लाख ब्यारेल तेल आपूर्ति गुमाइसकेका छौँ ।” अझ अगाडी उनले भनेका छन् । 

इरान युद्धका कारण विश्व बजारमा खपतका लागि २० प्रतिशत तेल र ग्यास पुग्ने जलमार्ग स्ट्रेट अफ हर्मुज ठप्प बनेपछि तेलको भाउ बढेको छ । 

हर्मुज तत्कालै खुले पनि यस मार्गबाट आपूर्ति सहज हुन समय लाग्ने विज्ञहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप