नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
सारांश
- आज वैशाख ११ गते शुक्रबारको पञ्चाङ्ग अनुसार अष्टमी तिथि र तिष्य नक्षत्र परेको छ।
- लाभ र अमृत बेलामा शुभ कार्य गर्दा राम्रो हुनेछ भने राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्न सुझाव दिइएको छ।
- आजको दिन सबै राशिहरूका लागि आर्थिक तथा व्यापारिक दृष्टिकोणले शुभ रहने ज्योतिषीय भविष्यवाणी गरिएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख ११ गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी, ४५ घडी ४८ पला, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य, ४७ घडी ४० पला, रातको १२ बजेर ३७ मिनेट उप्रान्त अश्लेषा । योग–धृती, ६ घडी ३० पला, बिहान ८ बजेर ९ मिनेट उप्रान्त शूल । करण–भद्रा, दिउँसो १२ बजेर ४८ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २९ पला ।
दिन विशेष : अष्टमी व्रत । गोरखाकालीपूजा । श्रीपशुपतिनाथमा दमनार्पण ।लोकतन्त्र दिवस
आजको बार बेला ।
- बिहान ५ बजेर ३३ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ११ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २६ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो ३ बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५५ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर ५६ मिनेटदेखि बेलुकी ७ बजेर ५५ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २५ मिनेटदेखि दिउँसो १२ बजेर २ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सवारी साधन र घरजग्गाको कारोबारबाट लाभ लिन सकिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सिजनेवल सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । शेयर बजार तथा आर्थिक सुचांकमा वृद्धि हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू फेला पर्नेछन् । मौसम अनुकूल सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । बोलीको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कर्म प्राप्तको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । अध्ययनमा विद्यार्थीहरूका लागी आजको समय शुभ रहेको छ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन शुभ रहनेछ । तर पनि नियम सङ्गत काम नगर्नाले दुःख पाइन सक्छ ध्यान दिनुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारी तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । उद्योग तथा शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । आफन्त तथा दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा प्रगति गर्न सकिने तथा अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । । प्रेमील जोडीहरूका लागी यात्राको अवसर जुर्नेछ भने मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा नतिजा हात पार्न सकिनेछ । लामो दुरीको यात्राको तय हुनेछ । व्यापारमा लगानी गरी नाफा कमाउने योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनेछ । लामो दुरीको यात्राको योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णय आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका कामहरू सम्पादन हुनेछन् । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
- मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण